Posts

Showing posts from July, 2020

हस्तेमाईला र गुलेराम

हस्तेमाईला र गुलेराम एक दिनको कुरा हो हस्तेमाईलालाई कतै जानु थियो ढोका खोलेर हेर्दा अलि अलि पानी परिरहेको देख्यो । हिंडेर जानू थियो , पानी धेरै पर्न नि सक्थ्यो । धेरै बेर सोचेपछि छिमेकी गुलेरामसङ्ग छाता माग्छु भन्नेठानेछ । छाता लिन भनेर उस्को घर बहिर पुगेछ र सोच्न थालेछ "गुलेराम घरमा छैन कि , ह्या नभए नि के भो र भाउजु छँदै छिन् नि उनलेे दिइहाल्छिन् नि" । ए हैन हैन बल्ल त ७ बज्दै रैछ गुलेराम पक्कै पनि घर मै छन् । उहाँ असल हुनुहुन्छ तर मुडमा भर पर्छ । तर के नै भो र मैले जाबो छाता त माग्न लाको हो माग्छु त अरु चिज के नै माग्न लाको हो र , तै पनि दिन्न त पक्कै भन्दैनन् । कति चोटी त मेरो Scooty मागेर लगिसक्यो त मैले नाई हुन्न भनेर भनेको छैन त , तर के ठेगान् कुन बेला के सुर चल्छ जे नि बहाना बनाईदिन सक्छ नि । एउटा जाबो छाताको लागि बहाना बाजी छ्या!! मान्छेले कति छिटो गुन बिर्सिन्छन् । यो त राम्रो कुरा भएन नि । म पनि चुप लागेर बस्ने वाला छैन । जे नि गर्न पाउँछ तेल्ले? रिसले चुर भएर हस्तेमाईलाले मुट्ठी बटारेछ । छाता नहुनु ठुलो कुरा भयो । मलाई के तोरी सम्झेको मु^ले , नदिने भए नदिए भैगो ...