हस्तेमाईला र गुलेराम
हस्तेमाईला र गुलेराम
एक दिनको कुरा हो हस्तेमाईलालाई कतै जानु थियो
ढोका खोलेर हेर्दा अलि अलि पानी परिरहेको देख्यो ।
हिंडेर जानू थियो , पानी धेरै पर्न नि सक्थ्यो ।
धेरै बेर सोचेपछि छिमेकी गुलेरामसङ्ग छाता माग्छु भन्नेठानेछ ।
छाता लिन भनेर उस्को घर बहिर पुगेछ र सोच्न थालेछ
"गुलेराम घरमा छैन कि ,
ह्या नभए नि के भो र भाउजु छँदै छिन् नि उनलेे दिइहाल्छिन् नि" ।
ए हैन हैन बल्ल त ७ बज्दै रैछ गुलेराम पक्कै पनि घर मै छन् ।
उहाँ असल हुनुहुन्छ तर मुडमा भर पर्छ ।
तर के नै भो र मैले जाबो छाता त माग्न लाको हो
माग्छु त अरु चिज के नै माग्न लाको हो र ,
तै पनि दिन्न त पक्कै भन्दैनन् ।
कति चोटी त मेरो Scooty मागेर लगिसक्यो त
मैले नाई हुन्न भनेर भनेको छैन त , तर के ठेगान् कुन बेला के सुर चल्छ
जे नि बहाना बनाईदिन सक्छ नि ।
एउटा जाबो छाताको लागि बहाना बाजी छ्या!!
मान्छेले कति छिटो गुन बिर्सिन्छन् ।
यो त राम्रो कुरा भएन नि । म पनि चुप लागेर बस्ने वाला छैन । जे नि गर्न पाउँछ तेल्ले?
रिसले चुर भएर हस्तेमाईलाले मुट्ठी बटारेछ ।
छाता नहुनु ठुलो कुरा भयो । मलाई के तोरी सम्झेको मु^ले , नदिने भए नदिए भैगो नि ।
एउटा जाबो छाता पनि किन्न नसक्ने हैसियतको मान्छे हो र हामी ?
सोच्दा सोच्दै गुलेरामको घर आयो ।
हस्तेरामले ढोका ढक्ढकायो
गुलेराम गन्जी र कट्टु मै बहिर आयो र हस्तेरामलाई
ओह हो हस्ते जि के काम थियो होला बिहान बिहानै?
हस्तेरामको रिसले पारो तातेर पड्किन मात्रै बाँकि थियो र जङ्गिदै भन्न थाल्यो , "
तेरो छाता तेरो चा^ मा घुसाएर राख । म्याथ्सिक्ने !"
Comments
Post a Comment